फाइभ-जीलगायत नयाँ प्रविधिको परीक्षण कार्यविधि स्वीकृत, ट्रायलमा अब नीतिगत सहजता

बिजमाण्डू
२०७८ साउन १२ गते १४:५१ | Jul 27, 2021
फाइभ-जीलगायत नयाँ प्रविधिको परीक्षण कार्यविधि स्वीकृत, ट्रायलमा अब नीतिगत सहजता

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ-जीलगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि ल्याएको छ। साउन पहिलो साता प्राधिकरणले स्वीकृत गरेको उक्त कार्यविधिले फाइभ-जीलगायतका नयाँ प्रविधिको परीक्षणका लागि सेवा प्रदायकहरुलाई सहजीकरण गर्ने जनाएको छ। 

परीक्षणको सर्तहरु तोक्न रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयलाई आधार बनाएर प्राधिकरणले कार्यविधि बनाएको जनाएको छ। 
कार्यविधिले फाइभ-जी वा अन्य नयाँ प्रविधिको परीक्षणका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। 

कुनै पनि सेवा प्रदायकले सम्भावित नयाँ प्रविधिको परीक्षणको मोडालिटीसहित त्यसको जानकारी, परीक्षण गरिने स्थानहरु, उपलब्ध गराइने सेवाका साथै त्यसको प्रक्रिया बारे प्राधिकरणलाई कार्ययोजना पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

त्यसैगरी, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण (ब्याण्ड, ब्याण्डविथ, ब्याण्ड प्रयोग गर्ने कारण र ब्याण्डविथ खपत हुने आधार), नेटवर्क जडान र सञ्चालन समय तालिका पनि कार्ययोजनामा सेवा प्रदायकले खुलाउनु पर्नेछ।

यस्ता प्रविधिको परीक्षण गर्दा ग्रामीण एवम् सहरी दुवै क्षेत्र समेट्नु पर्ने व्यवस्था प्राधिकरणले गरेको छ। कार्यविधिले नेटवर्क निर्माण, परीक्षण अवधि, फ्रिक्वेन्सी दस्तुर र सेवा शुल्कका सम्बन्धमा कार्यविधिमा समेटेको छ। परीक्षण सकिएपछि उपकरणहरुको व्यवस्थापन बारे पनि कार्यविधिले दिशानिर्देश गरेको छ।

फाइभजी परीक्षण गर्न सरकारले नेपाल टेलिकमलाई स्वीकृति दिएपछि टेलिकमले आफ्नो मोडालिटी प्राधिकरणलाई प्रस्तुत गरिसकेको छ। कार्यविधिले फाइभजी परीक्षणलाई आवश्यक नीतिगत सहजता थपेको बताइएको छ।

हेर्नुहोस् कार्यविधि: