काठमाडौं । सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय निर्धारण भएको छ।
बुधबार सुनको मूल्य तोलामा सय रुपैयाँ बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ।
बुधबार पनि चाँदीको भाउ तोलामा पाँच रुपैयाँ नै बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १८८७.०१ र चाँदी प्रति औंस २७.७४मा कारोबार भइरहेको छ।