वैशाखमा नियमितभन्दा २५ प्रतिशत बढ्यो इसेवाबाट कर भुक्तानी, यसरी तिर्नुहोस् इसेवाबाट कर

बिजमाण्डू
२०७८ जेठ २० गते १५:२७ | Jun 3, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्ष सकिने दिन नजिकिँदै गर्दा इसेवाबाट कर भुक्तानी गर्न कम्पनीले आग्रह गरेको छ। गत पुसदेखि करदाताहरूले आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गर्नुपर्ने राजस्व इसेवाबाट दाखिला गर्न सक्ने गरी सेवा सुरु गरेको थियो। 

इसेवा एकाउन्ट नभएका व्यक्तिहरुले पनि नजिकै रहेका इसेवा जोन तथा पोइन्टबाट कर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। यी सुविधाहरुबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झन्झटबाट मुक्ति मिल्ने इसेवाले जनाएको छ।

इसेवा प्रयोग गरी कर बुझाउनेको संख्या बढ्दै गएको बताइएको छ। कम्पनीका अनुसार वैशाखमा इसेवामार्फत् कर बुझाउनेको संख्या नियमितभन्दा २५ प्रतिशत बढेको जनाएको छ। जेठ महिनामा यो संख्या बढ्दै गएको बताइएको छ।

इसेवा मार्फत् कसरी बुझाउने कर?
आन्तरिक राजस्व कार्यालयको करदाता पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्ने इसेवाले जनाएको छ। त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी अघि बढ्ने र त्यसपछि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्ने बताइएको छ।

त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक वा राष्ट्रिय वाणिज्य बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्ने इसेवाले जनाएको छ।

त्यसपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्ने र ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरी वेबसाइट खोल्नुपर्ने जनाएको छ। 

त्यसपछि गभर्मेन्ट पेमेन्टमा रहेको इन्ल्यान्ड रेभिन्यु डिपार्टमेन्टमा क्लिक गर्नुपर्ने बताइएको छ। त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ।