स्याङयोङ मोटर्सको नववर्ष अफर, गाडी किन्दा पाँच लाख छुट र दुई लाखको एक्सचेन्ज बोनस दिने

बिजमाण्डू
२०७८ बैशाख ६ गते १५:३९ | Apr 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता आइएमएस मोटर्सले नयाँवर्ष २०७८ सालको अवसरमा“स्याङयोङ्ग नववर्ष अफर” ल्याएको छ ।

अफर अनुसार ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलिम्यानुवल ट्रान्स्मिसनमा पाँच लाख रुपैयाँसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुरानो गाडीसँग साँट्दा दुई लाख सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङका गाडीमा एक वर्षका लागि निशुल्क बीमा सुविधा दिइएको छ।

यसैगरी सातवर्षका लागि सजिलो फाइनान्स सुविधा पनि कम्पनीले उपलब्ध गराएको बताएको छ। गाडी खरिदमा ११ हजार बराबरको निशुल्क एसेसोरिज उपलब्ध गराउने तथा तीन वर्ष निशुल्क सर्भिसिङ सुविधा पनि अफर अन्तर्गत राखिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

कम्पनीका अनुसार यो अफर बैशाख महिनाभरमात्र लागू हुनेछ ।

स्याङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरु भएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अन्य मोडलहरुमा एसयूभी, पिक अप ट्रक तथा एमपिभिहरु रहेका छन्।