टर्किस एयरलाइन्स र मेगा बैंकबीच सम्झौता, बैंक कर्मचारी-ग्राहकलाई उडानमा विशेष सहुलियत

बिजमाण्डू
२०७७ चैत्र २३ गते ०९:३७ | Apr 5, 2021
टर्किस एयरलाइन्स र मेगा बैंकबीच सम्झौता, बैंक कर्मचारी-ग्राहकलाई उडानमा विशेष सहुलियत

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टर्किस एयरलाइन्सको नेपालस्थित कार्यालय र मेगा बैंकबीच अन्तर्राष्ट्रिय यात्रा सेवाका लागि सम्झौता भएको छ।

सम्झौता अनुसार मेगा बैंकमा कार्यरत कर्मचारी र डेबिट/ क्रेडिट कार्डवाहक ग्राहकलाई भ्रमण सेवामा टर्किसले आकर्षक छुट दिनेछ। 
टर्किस एयरलाइन्सका महाप्रवनधक अब्दुल्लाह टन्सर केचिची र मेगा बैंकका डेपुटी सीइओ रविना देशराजबीच एमओयुमा हस्ताक्षर भएको हो।  
यो सम्झौता अनुसार मेगा बैंकमा कार्यरत कर्मचारी-सेवाग्राहीले टर्किस एयरलाइन्समार्फत यात्रा गर्दा विशेष छुट र एक्स्ट्रा लगेजको सुविधा लिन सक्नेछन्। 

सन् १९३३मा स्थापना भएको टर्किस एयरलाइन्सले विश्वभर एक सय २६ मुलुकमा तीन सय ५१ वटा जहाजमार्फत यात्रु तथा कार्गो उडान सेवा दिँदै आएको छ। जसमध्ये कम्पनीले एक सय २६ मुलुक अन्तर्गतका दुई सय ६८ वटा अन्तर्राष्ट्रिय र ५० वटा आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ। 

यो कम्पनीले काठमाडौं-युरोपेली मुलुकमा डाइरेक्ट फ्लाइट गर्दै आएको छ।