पूर्वमा एक महिनासम्म दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्तिमा अवरोध हुन सक्ने

बिजमाण्डू
२०७७ माघ १४ गते ११:४५ | Jan 27, 2021
पूर्वमा एक महिनासम्म दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्तिमा अवरोध हुन सक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइनको स्तरोन्नती (अपग्रेड) गर्न पूर्वी नेपालमा एक महिनासम्म दैनिक विद्युत आपूर्ति अवरुद्ध हुने बताएको छ।

दुहबी-खनार ३३ केभी डबल सर्किट प्रसारणलाइनको कन्डक्टर अपग्रेड गर्न माघ १३ देखि फागुन १२ सम्म हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म प्रसारणलाइन अवरुद्ध हुन सक्ने सूचना प्राधिकरणले जारी गरेको छ।

उक्त लाइनबाट विद्युत आपूर्ति लिएका सुसनरीको इटहरी वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा एक महिनासम्म विद्युत आपूर्तिमा अवरोध आउन सक्ने प्राधिकरणको उक्त सूचनामा उल्लेख छ।

अपग्रेडको काम निर्धारित समयभन्‍दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति नियमित हुने पनि प्राधिकरणले जनाएको छ।