कार पार्किङमा नेशनल गार्ड निदाइरहेको तस्विर सार्वजनिक भएपछि राष्ट्रपति बाइडेनले मागे माफी




PHOTO : EPA

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेश्नल गार्डहरुसँग माफी मागेका छन्।

उनको शपथ ग्रहण कार्यक्रमको सुरक्षाका लागि भन्दै वासिङटन डिसीमा २५ हजारभन्दा बढी नेशनल गार्ड ट्रुप परिचालन गरिएको थियो।

TaTa
TVS

शपथ ग्रहण समारोह आयोजना गरिएको क्यापिटलमा गार्डहरु कार पार्किङमा निदाइरहेको तस्विर सार्वजनिक भएपछि बाइडेनले क्षमा मागेका हुन्।

शपथग्रहणपछि गार्डहरु त्यहाँ निदाइरहेका थिए। ती तस्विरहरु सार्वजनिक भएपछि बाइडेनका साथै प्रशासनको समेत आलोचना भएको थियो।

त्‍यसपछि बाइडेनले नेशनल गार्ड ब्युरोका प्रमुखलाई फोन गरेर माफी मागे र गार्डहरुको सुविधाका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरे। फस्ट लेडी जिल बाइडेनले समेत केही ट्रुपहरु कहाँ गएर उनीहरुलाई धन्यवाद व्यक्त गरिन्।


Share this Story

   

Bidur Shrestha[ 2021-01-24 03:29:35 ]
This is duty and life of Army


Hem Raj Kharel[ 2021-01-23 10:15:45 ]
हेर अमेरिका को biजोग


Sanjay Lama[ 2021-01-24 04:32:38 ]
कारण एउटै एउटा उदन्ड बादरे हुल्याको हुलहुज्जते पारा ।


ईश्वर राई खालिङ[ 2021-01-23 05:14:52 ]
Army ko jindagi yestai ho


Royal Jems[ 2021-01-24 06:22:03 ]
good


Shah Santosh[ 2021-01-24 03:19:48 ]
Nepal army ko hunthiyo vane photo uplot garneko jagir janthiyo hola


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell