५७ अर्ब आन्तरिक ऋण उठाइसकेको सरकारले फेरि ५६ अर्ब उठाउँदै, भोलिबाट उठाउन थाल्ने

बिजमाण्डू
२०७७ माघ ८ गते १५:३२ | Jan 21, 2021
५७ अर्ब आन्तरिक ऋण उठाइसकेको सरकारले फेरि ५६ अर्ब उठाउँदै, भोलिबाट उठाउन थाल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले माघ ९ गतेबाट फेरि आन्तरिक ऋण उठाउन सुरु गर्ने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले आन्तरिक ऋण फेरि उठाउन सुरु गर्न लागेको हो।

चालु वर्षका लागि सरकारले गत कात्तिकसम्म ५७ अर्ब रुपैयाँ उठाइसकेको छ। अब दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ उठाउने छ।

सरकारले १३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ। यसमध्ये ९१ दिन साढे तीन अर्बको, १८२ दिने ५ अर्बको र ३६४ दिने अर्को ५ अर्बको जारी गर्ने छ। ट्रेजरी बिल माघ १२, १९ र २६ गते जारी गर्ने छ।

विकास बैंकपत्र ४० अर्बको जारीगर्ने छ। यो ६, ७ र ८ बर्ष अवधिका छन्। ६ वर्षे ऋणपत्र माघ २० गते, सात वर्षे माघ १३ गते र दुई वटा ८ वर्षे फागुन ११ र १८ गते जारी गर्ने छ। १०/१० अर्बका दरले ऋणपत्र जारी गरिने छ। यसको ब्याज दर बोलकबोलबाट निर्धारण हुने छ।

राष्ट्र बैंकले २०८२ मा परिपक्व हुने नागरिक बचतपत्र २ अर्बको जारी गर्ने छ। यो माघ २७ गते जारी हुने छ। ब्याज दर ९ प्रतिशत निर्धारण गरिएको छ। यसबाहेक ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र पनि जारी गर्ने छ। बचतपत्र माघ ९ गतेबाट बिक्री खुला हुने छ। यसको ब्याज दर १० प्रतिशत छ। ५० करोडको जारी गर्ने छ।

सरकारले चालु वर्षको बजेटमा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमध्ये ५७ अर्ब उठाइसकेको छ। दोस्रो चौमासमा ५६ अर्ब उठाउने छ। अन्तिम चौमासमा एक खर्ब १२ अर्ब उठाउने सरकारी योजना छ।