नेपालमा फोरजी प्रयोगकर्ता ६३ लाख नाघे, एनटीसीभन्दा दोब्बर फोरजी ग्राहक एनसेलसँग

बिजमाण्डू
२०७७ माघ ४ गते १५:३० | Jan 17, 2021
नेपालमा फोरजी प्रयोगकर्ता ६३ लाख नाघे, एनटीसीभन्दा दोब्बर फोरजी ग्राहक एनसेलसँग


काठमाडौं। नेपालमा फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्नेको संख्या ६३ लाख नाघेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार फोरजी मोबाइल ब्रोडब्यान्डमा एनसेलको दबदबा कायम छ।
 
प्राधिकरणको कात्तिकसम्मको तथ्यांकअनुसार एनसेल नेटवर्क प्रयोग गरी फोरजी सेवा लिनेको संख्या ४० लाख ८२ हजार पाँच सय १७ पुगेको छ। एनसेलभन्दा पाँच महिना अगाडि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमसँग २० लाख ४९ हजार नौ सय १६ ग्राहक छन्। 

Tata
GBIME
Nepal Life

यस्तै, स्मार्ट टेलिकमसँग करिब दुई लाख फोरजी ग्राहक छन्। दूरसञ्चार सेवा प्रदायकहरुले फोरजी सेवा सञ्चालनसँगै विभिन्न प्याकहरु सार्वजनिक गर्दै मोबाइल डेटाको खपत वृद्धि गर्ने कार्य गरिरहेका छन्। फोरजी सेवामा एनसेलको ६५ प्रतिशत,  नेपाल टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा पुगेको देखिन्छ। 

मोबाइल डेटा महँगो हुनुकै कारण उपभोक्ताहरु ब्रोडब्यान्ड तर्फ आकर्षित हुँदा फोरजी सेवा सोचेअनुरुप दूरसञ्चार कम्पनीहरुले विस्तार गर्न सकेका छैनन्। प्राधिकरणको आँकडा हेर्दा दूरसञ्चार अपरेटरहरुको बजार हिस्सामा सरकारी स्वामित्वको नेपाल टेलिकम अघि छ। टेलिकमसँग ५३.६५ प्रतिशत, एनसेलको ४०.५३ प्रतिशत र स्मार्ट टेलिकमको ५.८१ प्रतिशत बजार हिस्सा छ। यस्तै, नेपालमा मोबाइल ब्रोडब्याण्ड सेवाको सब्स्क्रिप्सन ५८.८३ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।