दसैं लागेसँगै फेरि बढ्यो सुनको मूल्य, तोलाको ९६ हजार रुपैयाँनजिक, चाँदी भने सस्तिँदै

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १४:२१ | Oct 22, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। दसैं लागेसँगै सुनको मूल्य फेरि बढ्न थालेको छ । दसैंको फूलपातीको एक दिनअघिसम्म आइपुग्दा बिहीबार सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ नजिक पुगेको छ ।

बुधबार ९५ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार २ सय रुपैयाँले महँगिदै तोलाको ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको भए पनि नेपाली बजारमा भने बढेको हो ।

यसअघि  बुधबार पनि यस पहेंलो धातुको मूल्य एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

अर्कोतर्फ, चाँदी भने बुधबारको भन्दा १० रुपैयाँले सस्तिएको महासंघले जनाएको छ । यससँगै बिहीबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९१४.१९ अमेरिकी डलर र चाँदी २४ .८२ डलरमा कारोबार भएको छ । बुधबार सुनचाँदीको मूल्य क्रमशः प्रतिऔंस १९१९.७८ डलर र २५.११ डलर थियो ।