नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त, चार बर्षे कार्यकाल

बिजमाण्डू
२०७७ असोज १९ गते ११:०७ | Oct 5, 2020
नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त, चार बर्षे कार्यकाल

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छ। उनी आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

अब कम्पनीको सञ्चालक समितिसँग करार सम्झौता गर्न बाँकी छ। त्यसपछि श्रेष्ठले काम सुरु गर्ने छन्।

श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश हुन्। चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ बैंक सुपरिवक्षेण विभागबाट अवकाश भएका हुन्। उनी राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त भएका थिए।

नागरिक लगानी कोषको सहायक कम्पनीका रूपमा स्टक डिलर कम्पनी खोलिएको हो। धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खोलिएको हो।