ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त, मर्जरपछिको व्यवस्थापन गर्न अब्बल

बिजमाण्डू
२०७७ साउन ३० गते १९:३९ | Aug 14, 2020
ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त, मर्जरपछिको व्यवस्थापन गर्न अब्बल

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो।

प्रुडेन्ट र अनुभबी बैंकरको रुपमा बज्राचार्य परिचित छन्। बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले बज्राचार्य नियुक्त गरिएको बताउँदै भदौं १ गतेदेखि नेतृत्व सम्हाल्ने जानकारी दिए।

उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा मर्जरपछिको कर्मचारी व्यवस्थापन सफल बनाएका थिए।

ग्लोबल बैंकमा आइएमई फाइनान्सियल इन्सिच्युसन गाभिएर ग्लोबल आइएमई बैंक बन्यो। त्यसपछि सोसियल डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्स र गुल्मी विकास बैंकदेखि कमर्ज एण्ड ट्रस्ट बैंक मिसिएको थियो। ती बैंक र फाइनान्स मिसिँदा पनि विस्तारित बैंकको नेटवर्क, निक्षेप र ऋणको व्यवस्थापन उनले उत्कृष्ट रुपमा गरेका थिए।

अहिले पनि जनता बैंक गाभिएपछि उनी बैंकको नेतृत्व सम्हाल्न आइपुगेका छन्। राष्ट्र बैंकको अहिलेको नेतृत्वले समेत रुचाइएका बैंकर हुन् बज्राचार्य। राम्रो बैंकिङ इतिहास बनाएका व्यक्ति सिइओको रुपमा आउँदा नियमनमा समेत सहज हुने भएकाले उनी रुचाइएका हुन्।

यसअघि उनी चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट वाहिरिएका थिए। कडा मिजासका बैंकरका रुपमा चिनिने बज्राचार्य एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन्। नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।