उडान खुले सिमरामा बुद्ध एयरले एटीआर- ७२ बाट उडान गर्ने, गर्‍यो परीक्षण उडान

बिजमाण्डू
२०७७ साउन २३ गते ११:०८ | Aug 7, 2020
उडान खुले सिमरामा बुद्ध एयरले एटीआर- ७२ बाट उडान गर्ने, गर्‍यो परीक्षण उडान

Tata
GBIME
Nepal Life

काठमाडौं। बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ। काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाजबाट दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको जनाएको छ। यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो। चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्धले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ।

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ। औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्छ।

भदौ १ बाट हुने उडानका लागि बुद्धले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ। यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड स्यानिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखेको छ। यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।