४० जिल्लामा एनसेलको वायर फ्रि प्लस वाइफाइ सेवा, ६ सय ९० रुपैयाँ शुल्कमा वण्डल सेवा सहितको सेवा

बिजमाण्डू
२०७७ साउन २१ गते २१:३७ | Aug 5, 2020
४० जिल्लामा एनसेलको वायर फ्रि प्लस वाइफाइ सेवा, ६ सय ९० रुपैयाँ शुल्कमा वण्डल सेवा सहितको सेवा

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल आजियाटाले पहिलो पटक वण्डल सेवासहितको वायर फ्रि प्लस वाइफाइ सेवा सुरु गरेको छ। वण्डल सेवामा ग्राहकले वाइफाइसहित फोरजी सिमकार्ड समेत पाउने छन्।

कम्पनीले यो सेवा अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलबारदेखि सुरु गरेको हो । वायर फ्रि प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो। यो प्रविधिअन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार योजना अन्तर्गत आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउनेछन्।  प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक,प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हप्ताको सातै दिन र २४ सै घन्टा उपलब्ध ग्राहक सेवा उपलब्ध हुनेछ।

कम्पनीले गत महिनादेखि प्रि–बुकिङ लिन थालेको थियो। कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तबले वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच पुर्या्उन खोजिएको बताउँदै ग्राहकले बण्डल सेवासहित नयाँ अनुभव लिन सक्ने बताए। उनले प्रि बुकिङबाट उत्साहित भएको बताउँदै यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहुँच पुर्यािउन सहयोग पुग्ने बताए। वार्षिक प्लानमा मासिक ६ सय ९० रुपैयाँ शुल्क रहेको यो सेवा ग्राहकले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन समूह रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गोल्ड समूह अन्तर्गत ग्राहकले कर वाहेक ६ सय ९० रुपैयाँ शुल्कमा ६० जीबी वायर फ्रि प्लस डेटा, दुई सय मिनेट अन नेट टक टाइम र दुई वटा फोरज सिम कार्डमा मासिक पाँच जीबी डेटा पाउने छन्।

प्लाटिनम समुहअन्तर्गत ग्राहकले मासिक कर वाहेक ८ सय ६० रुपैयाँमा ८५ जीबी वायर फ्रि प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा पाउने कम्पनीले जनाएको छ । डायमण्ड समुहअन्तर्गत ग्राहकले मासिक कर वाहेक ९ सय ५० रुपैयाँमा १०० जीबी वायर फ्रि प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा पाउने कम्पनीले जनाएको छ। यो सेवा लिन एनसेल सेन्टरमा सम्पर्क लिन सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। प्याकेजको समय  ग्राहकले एक पटक मात्र ५००, २,५०० वा ३,५०० तिर्नुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार हरेक ३० दिनको साइकलमा पाइने कम्पनीले जनाएको छ। ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने छैन्।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा सेवा दिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले बुकिङका आधारमा डिभाइस जडान गर्ने जनाएको छ। एनसेलका फोरजी ग्राहकका लागि 
‘ननस्टप युट्युब प्लस’अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ।कम्पनीले सेवाका बारेमा कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्ने जनाएको छ।