इसेवा र रेमिटलिबीच डिजिटल रेमिट्यान्स सम्झौता, बिदेशकाले इसेवाबाटै पैसा पठाउन मिल्ने

बिजमाण्डू
२०७७ असार २५ गते १४:४५ | Jul 9, 2020


काठमाडौं। इसेवा मनि ट्रान्सफरले रेमीटली मनि ट्रान्सफरसँग सहकार्य गर्दै चार मुलुकबाट पैसा पठाउन सकिने व्यवस्था सुरु गरेको छ।  
विदेशबाट सहजै पैसा पठाउन सकिने सुविधालाई मध्यनजर गर्दै कम्पनीले रेमिटलीसँग सहकार्य गरेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

यो सेवामार्फत नेपाली प्रयोगकर्ताले अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकबाट पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन र लोड गर्न सक्नुका साथै कुनै पनि बैंक खातामा रकम जम्मा सक्नेछन्।

इसेवाले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत मुलुकमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ। विषम परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको जनाएको छ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै  नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।