प्रचण्ड शीतल निवासबाट निस्केर पुगे बालुवाटार, प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता हुने

बिजमाण्डू
२०७७ असार २१ गते १२:३६ | Jul 5, 2020
प्रचण्ड शीतल निवासबाट निस्केर पुगे बालुवाटार, प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता  हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीबीच वार्ता सुरु भएको छ। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन्।

दुई अध्यक्षबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। 'भर्खरै बालुवाटार आउनु भएको हो। वार्ता सुरु भयो,' उनले भने। ओलीसँगको भेट अघि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रचण्ड शीतल निवास गएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको सापकोटाले जानकारी दिए। हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध कदम चालिएको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भनेका थिए। राष्ट्रपतिलाई मानहानी लगाउने तयारी भएको भन्दै ओलीले मन्त्रीहरुलाई आफ्नो स्ट्यान्ड बताएका थिए।

यसअघि शुक्रबार प्रचण्ड र ओलीबीच वार्ता भएको थियो। वार्ता निर्णायक भनिएको भए पनि अन्त्यमा निष्कर्षहीन भएको थियो। नेकपा स्थायी कमिटीको बैठक सोमबार बस्दै छ। दुई अध्यक्षबीच वार्ताका लागि बैठक स्थगित गरिएको थियो।