इन्धनमा १० रुपैयाँ कर हटेपछि बुद्धले घटायो भाडा, धनगढीको भाडा सबैभन्दा बढी घट्यो

बिजमाण्डू
२०७७ जेठ २२ गते २०:०६ | Jun 4, 2020
इन्धनमा १० रुपैयाँ कर हटेपछि बुद्धले घटायो भाडा, धनगढीको भाडा सबैभन्दा बढी घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले बजेटमार्फत हवाई इन्धनमा १० रुपैयाँ पूर्वाधार कर हटाएपछि निजी वायुसेवा कम्पनी बुद्ध एयरले फ्युल चार्ज घटाएको छ।

कम्पनीले हवाई दुरी अनुसार न्यूनतम दुई सय २५ रुपैयाँदेखि ११ सय पाँच रुपैयाँ घटाएको जनाएको छ। हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम १ हजार १ सय ५ देखि न्यूनतम २ सय २५ सम्म घटेको छ।

गन्तव्य

फ्यूल चार्ज

फरक

पहिले

अहिले कायम

माउण्टेन फ्लाइट

3090

2230

860

काठमाडौं–भरतपुर

965

695

270

काठमाडौं –पोखरा

1425

1030

395

काठमाडौं –विराटनगर

2160

1560

600

काठमाडौं – जनकपुर

1155

835

320

काठमाडौं – सिमरा

810

585

225

काठमाडौं – भैरहवा

1850

1335

515

काठमाडौं – धनगढी

3975

2870

1105

काठमाडौं – नेपालगञ्ज

2930

2115

815

काठमाडौं – भद्रपुर

2700

1950

750

काठमाडौं – तुम्लिङटार

1660

1195

465

विराटनगर – तुम्लिङटार

965

695

270

पोखरा माउण्टेन फ्लाइट

2825

2040

785

पोखरा – भरतपुर

1000

720

280

पोखरा – भैरहवा

1160

835

325

काठमाडौं – राजविराज

1840

1330

510

काठमाडौं – सुर्खेत

3110

2245

865

लकडाउन खुलेलगत्तै आन्तरिक उडानका लागि पूर्ण रुपमा तयार रहेको बुद्धले जनाएको छ। कम्पनीले सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउँदो सातादेखि तालिम दिने विज्ञप्तिमा उल्लेख छ।