सरकारको कोरोना रोकथाम कोषमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको पनि सहयोग

बिजमाण्डू
२०७६ चैत्र १७ गते १९:०३ | Mar 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना भाइरस संक्रमण रोक्न तथा राहत उपलब्ध गराउन सरकारले स्थापना गरेको कोषमा कर्मचारी सञ्चय कोषले पनि आर्थिक सहयोग गरेको छ।

कोषले सरकारी कोषमा दुई करोड रुपैयाँ जम्मा गरेको हो। कोषले सोमबार विज्ञप्ति जारी गर्दै रकम जम्मा गरेको जानकारी गराएको छ। यसैगरी नागरिक लगानी कोषले पनि आर्थिक सहयोग गरेको छ।

नागरिक लगानी कोषले एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको हो। नागरिक लगानी कोषका संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक  रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।

सरकारले कोषमा रकम जम्मा गर्न सबै क्षेत्रलाई आह्वान गरिरहेको छ। पछिल्लो समय निजी र सरकारी निकाय दुबैले कोषमा रकम जम्मा गरिरहेका छन्।