बुटवलकी सुमित्राले जितिन् टिभीएस जुपिटर स्कुटर, राकुटेन भाइबरको सहकार्यमा ल्याएको थियो योजना

बिजमाण्डू
२०७६ फागुन २१ गते १०:३८ | Mar 4, 2020
बुटवलकी सुमित्राले जितिन् टिभीएस जुपिटर स्कुटर, राकुटेन भाइबरको सहकार्यमा ल्याएको थियो योजना

Tata
GBIME
Nepal Life

काठमाडौं। जगदम्बा मोटर्सले ल्याएको 'चान्स टु वीन थ्रु अ क्लिक' अभियान अन्तर्गत बुटवलकी सुमित्रा न्यौपानेले नयाँ स्कुटर पाएकी छिन्।
 कम्पनीले राकुटेन भाइबरसँग सहकार्य गर्दै यो योजना ल्याएको थियो।

'टिभीएस बाइकर्स मेनिया' स्टीकर प्याक डाउनलोड गर्ने एक जना भाग्यशाली विजेताले नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटर पाउने योजना कम्पनीले ल्याएको थियो।जगदम्बा भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो न्यौपानेलाई हस्तान्तरण गरे।

'टिभीएससँगको साझेदारी राम्रो रह्यो। यो अभियानसँगै हामी नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौ,' राकुटेन भाइबरका बिजनेश डेभलमेन्ट डाइरेक्टर अनुभव नायरले भने। कम्पनीका भाइस प्रेसिडेन्ट अग्रवालले ग्राहकको सहभागिताबाट उत्साहित भएको बताए।