डुब्ने नै भयो भोडाफोन आइडिया, जियो र एयरटेलसँग प्रतिस्पर्धा गर्न नसक्ने,’सहयोगले मात्र धान्दैन’

बिजमाण्डू
२०७६ माघ १७ गते ००:०० | Jan 31, 2020

Tata
GBIME
Nepal Life

कोलकाता। बिगतका धेरै त्रैमासिकहरुमा अधिक नोक्सानी तथा तिर्न बाँकी पुरानो भुक्तानीले थलिएको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया बन्द हुने अवस्थामा पुगेको छ।

सरकारले संकटबाट बाहिर निकाल्ने जुनसुकै प्रयास गरेपनि पर्याप्त नहुने विश्लेषण हुन थालेका छन्।

जति नै सरकारी सहयोग पाएपनि अब भोडाफोन आइडियाले रिलायन्सको जियो र भारती एयरटेलले ओगटेको बजारमा प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा पुगेको विश्लेषकहरुले बताएका छन्।

भोडाफोन आइडियाले अझै पनि भारतको दूर सञ्चार विभागलाई तिर्नुपर्ने ५३ हजार करोड भारतीय रूपैयाँ बाँकी नै छ, जसलाई गत जनवरी २३ तारिखमै तिर्नुपर्ने सर्वोच्च अदालतले आदेश दिइसकेको छ।

तर कम्पनीले रकम भुक्तानीका लागि समय सीमा बढाउन माग गर्दै रिट निवेदन दायर गरेको छ । साथै सरकारले पनि कम्पनीको संरक्षण गर्दै तत्कालका लागि सरकारी आदेश बाहेक अरू कसैले पनि कम्पनीविरुद्ध कदम नउठाउन भनेको छ।

जर्मनीको लगानीकर्ता बैंक ड्यचे बैंकले बिज्ञप्ती जारी गर्दै भोडाफोन आइडियालाई संकटबाट बाहिर निकाल्नकालागि केन्द्र सरकारले मध्यम अवधिको सट्टा तत्कालका लागि मात्र सहायता गर्छ भने त्यो सरकारकै लागि महंगो साबित हुने बताएको छ। बैंकले भनेको छ 'अब भोडाफोन इन्डियाको सहप्रवर्द्धक आदित्य बिडला ग्रुपले भोडाफोन आइडियालाई बैंकरप्सीमा लैजाने बारे विचार गर्न सक्नेछ, जसका कारण उसले पछि फेरि सेयर किन्न सकोस्।'

भारतमा टेलिकम क्षेत्रको कानुन स्पष्ट नभएको आरोप समेत बैंकले लगाएको छ।  स्वघोषित बैंकरप्सीमा समेत नियम स्पष्ट नभएको बैंकको आरोप छ। हाल केन्द्र सरकारले प्रवर्द्धकहरुलाई उनीहरुको टाट पल्टेको कम्पनीको सम्पत्ति किन्नबाट बञ्चित गर्न चाहिरहेको छ किनभने यसबाट कानुनमा रहेका छिद्रहरुबाट कसैले फाइदा लिन नसकोस्।

भोडाफोन आइडियाका अध्यक्ष कुमार मंगलम बिडलाले यस अघि नै यदि तिर्नुपर्ने भुक्तानीबारे सरकार वा न्यायालयले सहयोग नगर्ने हो भने कम्पनी बन्द गर्नुको विकल्प नभएको भनिसकेका छन्।

ड्एचे बैंकका अनुसार भोडाफोन आइडियाले आफ्नो ट्यारिफमा अझै पनि धेरै वृद्धि गर्नुपर्ने उपाय सुझाएको छ। यस्तै उसले भोडाफोनलाई  सरकारको पर्याप्त राहतको आवश्यकता भएको तथा बजारमा हालसम्म रहेको पहुँचलाई कायम राख्न आवश्यक भएको बताएको छ। उसका साथै  बैंकले यो पनि भनेको छ कि यदि उसले सुझाव दिएका तीनमध्ये दुईवटा मात्र आवश्यकता पूरा भएमा मात्र पनि पर्याप्त नहुने बैंकले बताएको छ।

विश्लेषकहरुका अनुसार हालको अवस्थामा जियोले आफ्नो बजारको हिस्सेदारी बढाउनका लागि धेरै नै एग्रेसिभ भएर काम गरिरहेको छ । जियोले आक्रामक रुपमा ग्राहकहरुलाई संजालमा जोडिरहेको छ।

आगामी एक वर्षमा भारतीय टेलिकम बजारमा केवल दुईमात्र प्राइभेट कम्पनी रिलायन्स जियो र एयरटेलले नै राज गर्ने दाबी विश्लेषकहरुले गरिसकेका छन्।

ब्रोकरेज कम्पनी एल्साले गरेको अनुमानका अनुसार जियोको अपरेटिङ इनकम आगामी दुई वर्षमा दोब्बर भएर ५२ हजार ४ सय करोड भारतीय रुपैयाँ पुगिसक्ने छ। जियोको मोबाइल कारोबारको कुल भ्यालु  ६६ अर्ब डलर माथि हुने अपेक्षा गरिएको छ।  त्यस बेलासम्म उसका ग्राहक संख्या पनि ५० करोड माथि हुने अपेक्षा गरिएको छ।