सिप्रदीको चितवनमा टाटा मोटर्स कार्निभल, पूरानो गाडी एक्सचेन्ज गर्दा लाख रुपैयाँ बोनस

बिजमाण्डू
२०७६ माघ १० गते १३:२५ | Jan 24, 2020
सिप्रदीको चितवनमा टाटा मोटर्स कार्निभल, पूरानो गाडी एक्सचेन्ज गर्दा लाख रुपैयाँ बोनस

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विहिबार, शुक्रबार र शनिबार चितवनमा टाटा मोटर्स कार्निभल गरिरहेको छ।

कम्पनीले भरतपुर हाकिम चोकमा रहेको होटल स्टार ब्यांकेटमा मेला आयोजना गरिरहेको छ। कम्पनीका अनुसार मेलामा विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरीद गर्न र पुरानो गाडीसँग नयाँ गाडी साट्न सकिन्छ।

मेलामा अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक्सचेन्ज बोनस एक लाख रुपैयाँसम्म पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक जोडीलाई सिंगापुर भ्रमण, एक वर्षको लागि सडक करमा छुट र प्रत्येक टेस्ट ड्राइभमा उपहार लगायतका सुविधा छ।