काठमाडौं। रियलमीले नयाँ क्वाड् क्यामेरा फोन रियलमी फाइभ आई नेपाली बजारमा भित्राएको छ। रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाइनसहित यो मोबाइल बजारमा ल्याएको हो।
कम्पनीका अनुसार ५००० एम्एच् ब्याट्रीले ब्याट्रीको आयु र सबै भन्दा लामो ३० दिने स्ट्याण्डबाई प्रदान गर्छ। कम्पनीका अनुसार मोबाइलमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ एआईई छ जसले २.० गिगाहर्जको क्लक स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ।
थर्ड जेनेरेसन क्वालकम् एआईले उल्लेखनिय गेमिङ अनुभव दिने कम्पनीले जनाएको छ। मोबाइल एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको कम्पनीले जनायो। यो मोबाइलको मूल्य २० हजार ९ सय ९० रुपैयाँ तोकेको छ।