इन्टेक्सका तीन फोन नेपाली बजारमा, दुई फोन यसै महिनाभित्र, बाँकी ६ नयाँ मोडेल पनि ल्याउँदै

बिजमाण्डू
२०७६ मंसिर ३ गते १७:०२ | Nov 19, 2019
इन्टेक्सका तीन फोन नेपाली बजारमा, दुई फोन यसै महिनाभित्र, बाँकी ६ नयाँ मोडेल पनि ल्याउँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। ईन्टेक्स मोबाईल्स ईन्डियाले नेपाली बजारमा तीन नयाँ फोन सार्बजनिक गरेको छ। यो बर्ष कम्पनीले ११ वटा फोन सार्वजनिक गर्ने लक्ष्य लिएको छ। 

इन्टेक्सको नेपालको आधिकारिक बिक्रेता प्राईड इम्पोर्ट एक्स्पोर्ट टे«ड प्रालि हो। यो शंकर ग्रुपअन्तर्गतको कम्पनी हो। 

कम्पनीले इको १११, इको २१५ र टर्बो १००० मोडलका फोनहरु बजारमा ल्याएको। कम्पनीले टर्बो २१० प्लस र अल्ट्रा २५०० प्लसलाई भने यही महिना बजारमा ल्याउने छ। बाँकी ६ वटा फोन बर्षसको अन्तिम र अर्को बर्षको जनवरीभित्र ल्याउने छ। 

ईन्टेक्स् मोबाईलका मर्मत तथा सेवा केन्द्र देशमा २७ स्थानमा छन्।