मुक्तिनाथ बैंकको हकप्रदपछि कायम पूँजीमा बोनस शेयर, इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओ 

बिजमाण्डू
२०७६ मंसिर ३ गते १०:३६ | Nov 19, 2019
मुक्तिनाथ बैंकको हकप्रदपछि कायम पूँजीमा बोनस शेयर, इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओ 


काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक साधारणसभा डाकेका छन्। 

Tata
GBIME
Nepal Life

मुक्तिनाथले मंसिर ३० गते तेह्रौं वार्षिक साधरणसभा बोलाएको हो। बैंकले हकप्रद शेयरपछि कायम हुने पूँजीको १७.६० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।

बैंकको २० प्रतिशत हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा छ। बैंकको हालको चुक्ता पूँजी तीन अर्ब ६ करोड रुपैयाँ छ। हकप्रदपछि पूँजी तीन अर्ब ६७ करोड रुपैयाँ कायम हुनेछ। हकप्रदपछि कायम पूँजीमा ६४ करोड ७२ लाख रुपैयाँ बोनस शेयर दिएपछि चुक्ता पूँजी चार अर्ब २३ करोड रुपैयाँ पुग्नेछ। 

बैंकले घोषणा गरेको लाभांस मंसिर २२ गतेसम्म शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छन्। साधारणसभा प्रयोजनको लागि मंसिर २३ गतेदेखि २० गतेसम्म बुक क्लोज हुनेछ। 

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ। जारी पूँजीको ४० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ। 

बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँ छ। ४० प्रतिशतबाट हुन आउने ८ अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको हो। जसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीहरुलाई बिक्री गर्नेछ। साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेछ। 

चालु आर्थिक वर्षको लागि गत वर्षकै लेखापरिक्षक जेएस उपाध्याय एण्ड चार्टर्ड एकाउन्टेन्टलाई निरन्तरता दिने भएको छ।