शिवम् सिमेन्टको कृति समारोह, डिलरलाई सम्मान

बिजमाण्डू
२०७६ मंसिर २ गते १७:४४ | Nov 18, 2019
शिवम् सिमेन्टको कृति समारोह, डिलरलाई सम्मान

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम् सिमेन्टस लिमिटेडले  “शिवम् कृति समारोह २०७६” सम्पन्न गरेको छ। कम्पनीले कात्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा कार्यक्रम आयोजना गरेको थियो। 

आफ्नो उत्कृष्ट डिलरहरुमध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो। जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरु दिएको थियो।

साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो।

समारोहमा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो।

कार्यक्रममा देशको हरेक भूभागबाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको बताए।