अर्घाखाँची सिमेन्टले टेलिभिजन विज्ञापनको प्रतियोगिता गर्ने, उत्कृष्टले ५० हजार पाउने

बिजमाण्डू
२०७६ मंसिर १ गते १७:०२ | Nov 17, 2019
अर्घाखाँची सिमेन्टले टेलिभिजन विज्ञापनको प्रतियोगिता गर्ने, उत्कृष्टले ५० हजार पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल(विज्ञापन)को प्रतियोगिता गर्ने भएको छ।

कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखी यस प्रतियोगिताको आयोजना गरेको छ । कम्पनीका अनुसार प्रतियोगिता इच्छुक सर्वसाधारणले आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ।

उत्कृष्ट एक अवधारणा पठाउने सर्जकलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले जनाएको छ।इच्छुक सर्वसाधारण सर्जकहरुले यहि मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ।

“सर्वसाधारण नागरिक, आम उपभोक्ता एवं साहित्य सिर्जना तथा रचनात्मक क्षेत्रमा काम गरिरहनु भएका सर्जकहरुसँग सहकार्य गरी उहाँहरुको रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना गरिएको हो,” कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने।