शिवम् सिमेन्टको चाँदी उपहार योजना, २५ देखि सय बोरासम्म किन्नेलाई चाँदीको सिक्का र दियो दिने

बिजमाण्डू
२०७६ कात्तिक १ गते १५:५६ | Oct 18, 2019
शिवम् सिमेन्टको चाँदी उपहार योजना, २५ देखि सय बोरासम्म किन्नेलाई चाँदीको सिक्का र दियो दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम् सिमेन्ट्सले तिहारको अवसर पारेर “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा”नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्रामचाँदीको सिक्का, ५०बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार दिने कम्पनीले जनाएको छ।

यो योजना सिमित अवधिकोलागि  देशैभर लागू गरिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

सन् २००९ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको जनाएको छ ।