बैंकिङ पहुँच ६०.९% जनसंख्यामा, प्रविधि र शाखा बिस्तारले पहुँच बृद्धि, मोबाइल बैंकिङ चलाउने बढे

बिजमाण्डू
२०७६ असोज २९ गते ०९:०७ | Oct 16, 2019
बैंकिङ पहुँच ६०.९% जनसंख्यामा, प्रविधि र शाखा बिस्तारले पहुँच बृद्धि, मोबाइल बैंकिङ चलाउने बढे


काठमाडौं। केहीअघिसम्म ४० प्रतिशतमा रहेको बैंकिङ सेवाको पहुँच अहिले करिव ६१ प्रतिशतमा बिस्तार भएकव राष्ट्र बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको अनुसन्धान विभागले एक अध्ययन सार्वजनिक गर्दै ६०.९ प्रतिशत नेपालीको कम्तिमा एक निक्षेप खाता रहेको जनाएको छ। लघुवित्त संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत जोड्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

'नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ' अध्ययनको निष्कर्षमा भनिएको छ, 'बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक बृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतिर वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दै गएकाले पहुँच बिस्तार हुँदै गएको हो।'

अहिले बैंक तथा वित्तीय संस्थाका प्रति शाखा जनसंख्या ३०० सयमा आइपुगेको छ। निक्षेप खाता संख्या उल्लेख्य बृद्धि भइ २ करोड ७८ लाख र कर्जाको खाता १४ लाख ४० हजार पुगेको छ। 

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएको डेबिट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ।