माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव पारित, मर्जरका लागि संचालक समितिलाई अख्तियारी

बिजमाण्डू
२०७६ असोज २४ गते २०:१९ | Oct 11, 2019
माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव पारित, मर्जरका लागि संचालक समितिलाई अख्तियारी

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २१औं वार्षिक साधारणसभाबाट लाभांश प्रस्ताव पारित गरेको हो।

बैंकले चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्नेछ। साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ।