बैंकहरुलाई सिआरआर कायम गर्ने पैसा नभएपछि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ प्रणालीमा पठायो

बिजमाण्डू
२०७६ असोज १६ गते १२:२१ | Oct 3, 2019
बैंकहरुलाई सिआरआर कायम गर्ने पैसा नभएपछि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ प्रणालीमा पठायो

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर बैंक सापटी ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ 'इन्जेक्ट' गर्ने भएको छ। 

राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाउन लागेको हो। बैंकहरुले पैसा लिनका लागि साढे ४ प्रतिशतभन्दा माथि ब्याज तिर्नु पर्ने हुन्छ। 

बैंकहरुले निक्षेप संकलनको तुलनामा उच्च दरले ऋण लगानी गरेका कारण तरलता अभाव देखिएको हो। यही कारण अहिले बैंकहरुलाई अनिवार्य तरलता मौज्दात कायम गर्न पनि हम्मे परेको छ।

पछिल्लो समय यस्तो मौज्दात कायम गर्न बैंकहरुले ६ प्रतिशत ब्याजको स्थायि तरलता सुविधा प्रयोग गर्नु परिरहेको छ। चालु आर्थिक बर्षमात्रै बैंकहरुले ३३ पटक स्थायि तरलता सुविधा प्रयोग गरेका छन्।

अन्तर बैंक सापटी माथि पुगेको र स्थायि तरलता सुविधाको प्रयोग बढेका कारण राष्ट्र बैंकले एक हप्ताका लागि पैसा पठाउन लागेको हो। बैंकहरुले चालु बर्ष मात्र ३९ अर्ब ६० करोड स्थायि तरलता सुविधा प्रयोग गरिसकेका छन्।