ग्लोबल आइएमई बैंकले एकैपटक दुई नयाँ शाखा खोल्यो, बेशीशहर र लालबन्दीबाट कारोबार सुरु

बिजमाण्डू
२०७६ असोज १५ गते १६:३२ | Oct 2, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ।

बैंकले लमजुङ जिल्लाको बेशीशहर तथा सर्लाहीको लालबन्दीमा नयाँ शाखा खोलेको हो।

बेशीशहरको वडा नम्बर १ स्थित उदीपुर र लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित नवलपुरमा नयाँ शाखाबाट कारोबार संचालन भएको बैंकले जनाएको छ।

दुई नयाँ शाखा खुलेसँगै बैंकको शाखा कार्यालयहरुको संख्या देशभर १ सय ४८ पुगेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।