एक सातापछि स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलामा ६ सयले बढेर ६९८०० रुपैयाँ पुग्यो

बिजमाण्डू
२०७६ असोज १५ गते १२:२२ | Oct 2, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। एक सातापछि स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति तोला सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो। 

बुधवार सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ तय भएको छ। मङ्गलवार प्रति तोला सुनको मूल्य ६९ हजार दुई सय रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि बढेको महासङ्घले जनाएको छ।

गत बुधवारदेखि सुनको मूल्य घट्दो क्रममा रहेको थियो। एक सातामा प्रति तोला सुनको मूल्य २८ सय रुपैयाँले घटेको थियो। 

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। प्रति तोला चाँदीको मूल्य आठ सय ३५ रुपैयाँमा उक्लिएको छ। बुधवार चाँदीको मूल्य ८२५ रुपैयाँ रहेको थियो। एक सातामा चाँदीको मूल्य ६५ रुपैयाँले घटेको थियो। एक साताअघि चाँदीको मूल्य  आठ सय ९० रुपैयाँ सम्म उक्लिएर घट्दो क्रममा रहेको थियो।