सोमस्र्वीको ब्राण्ड एम्बेसडर बने गायक सुशान्त के.सी, एकवर्षसम्म सांगीतिक सहकार्य हुने

बिजमाण्डू
२०७६ साउन १७ गते १०:११ | Aug 2, 2019
सोमस्र्वीको ब्राण्ड एम्बेसडर बने गायक सुशान्त के.सी, एकवर्षसम्म सांगीतिक सहकार्य हुने


काठमाडौं। सोमस्र्वी एप्पल साइडरले गायक सुशान्त के.सीलाई एक वर्षको लागि ब्रान्ड एम्बेसडर बनाएको छ ।

Tata
GBIME
Nepal Life

सांगीतिक क्षेत्रमा युवामाझ लोकप्रिय गायक सुशान्त के.सीले अगस्तको फ्रेन्डसीप महिनालाई सम्झना योग्य बनाउने गोर्खा ब्रुअरी प्रा.लिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले बताए।

उनले भने- “हामी यो सहकार्य दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै सोमस्र्वीको साथमा रमाउने अवसर पाउने छन्।”

सुशान्तले पनि सहकार्यबारे जानकारी दिएका छन्। “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ ।”-उनले भने।

फ्रेन्डसीप महिना अभियान

सोमस्र्वीले अन्तराष्ट्रिय फ्रेन्डसिप महिना – अगस्ट २०१९ लाई नयाँ प्रचार प्रावधान “सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल ” सार्वजनिक गरेको छ ।

यो योजना नेपालभरका ५०० भन्दा बढी बिक्री केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

सोमस्र्वी गोर्खा ब्रुअरीले सन् २०१६ मा सार्वजनिक गरेको एप्पल साइडर हो।