आस्वा पनि अब पुरानो भयो, घरै बसेर शेयरमा आबेदन दिन थाले लगानीकर्ताले, ७५% अनलाइनबाट

बिजमाण्डू
२०७६ जेठ २ गते १३:३१ | May 16, 2019
आस्वा पनि अब पुरानो भयो, घरै बसेर शेयरमा आबेदन दिन थाले लगानीकर्ताले, ७५% अनलाइनबाट

Tata
GBIME
Nepal Life

काठमाडौँ। घरै बसेर प्राथमिक शेयरमा आवेदन दिनेको संख्या बढेको छ। केही बर्षअघि सम्म तातो घामा लाइन लागेर आबेदन दिनु पर्थियो। त्यसलाई बिस्थापन आस्वा प्रणालीले गरेको थियो।

आफ्नो खाता भएको बैंकमा गएर आवेदन दिन पाइने ब्यवस्था सुरु हुँदा ठूलो क्रान्ति भएजस्तो देखिएको थियो। अहिले अवस्था अझ फेरिएको छ। घरैमा बसेर आवेदन दिन पाइने ब्यवस्था गरिएपछि आस्वा पनि पुरानो भएको छ।

७५ प्रतिशत लगानीकर्ताले अनलाइनमार्फत आबेदन दिन थालेका छन्। स्वाभिमान लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्तले निष्काशन गरेको साधारण शेयरमा अनलाइनबाट आबेदन दिनेको संख्या उच्च देखिएको हो। 

बुधबार बिहानसम्म 'भेरिफाइ ' भएको आबेदनको आधारमा अनलाइन प्रयोगकर्ता ७५ प्रतिशत पुगेको केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेले बताए।  

स्वाभिमान लघुबित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयरमा तीन लाख ३२ हजार ३७१ सर्बसाधारणले आबेदन दिएका छन्। जसमा दुई लाख ४९ हजार २४ आबेदन अनलाइनमार्फत परेको छ। यो कुल आबेदनको ७४.२९ प्रतिशत हो। बाँकि रहेका आबेदकले बैकमा गएर शेयर भरेका छन्।

जनसेवि लघुबित्तले निष्कासन गरेको प्राथमिक शेयरमा ७४.८६ प्रतिशत लगानीकर्ताले अनलाइन मार्फत आबेदन दिएको न्यौपानेले बताए। तीन लाख ३८ हजार ३७ सर्बसाधारणको आबेदन परेको छ। जसमा दुई लाख ५३ हजार ८७ आबेदकले अनलाइनमार्फत आबेदन दिए। दुबै संस्थामा अनलाइन मार्फत आबेदन दिने सर्बसाधारणको सहभागिता औसतमा  ७४.८९ प्रतिशत पुगेका छन्।