सिद्धार्थ इन्स्योरेन्सको लाभांश पोहोरभन्दा घट्यो, शेयरधनीले पाउने भए १५ % बोनस शेयर

बिजमाण्डू
२०७६ बैशाख ३१ गते ११:४१ | May 14, 2019


काठमाडौँ। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लाभांश प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजी ८६ करोड रुपैयाँको १५.४८ प्रतिशतका दरले बोनस शेयर प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको बोनस शेयरमा लाग्ने कर भने शेयरधनीले नै भुक्तान गर्नुपर्ने छ। प्रस्तावित बोनस शेयर बीमा समिति र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।  

कम्पनीले गत वर्ष २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा बढाएको भएपनि लाभांश दर भने घटेको छ।

चुक्ता पूँजी बढेका कारण कम्पनीको लाभांश दर घटेको हो। गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको चुक्ता पूँजी करिब ११ करोड रुपैयाँले बढेर ६४ करोड रुपैयाँ पुगेको छ।