एनएमबि बैंकको कपिलवस्तु जिल्लामा विभिन्न सामाजिक काम, खाद्यान्न डष्टविन र झुल वितरण

बिजमाण्डू
२०७६ बैशाख ३१ गते ०९:४८ | May 14, 2019
एनएमबि बैंकको कपिलवस्तु जिल्लामा विभिन्न सामाजिक काम, खाद्यान्न डष्टविन र झुल वितरण

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाएको छ। कपिलवस्तु जिल्लामा रहेको बैंकको पकडी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मायादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ।

सो अवसरमा शहरी विकाश मन्त्री मोहम्मद इश्तियाक राई, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका तीन हजार भन्दा बढी स्थानीयको उपस्थिती थियो।

बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामान प्रदान गरेको छ। सो अवसरमा संघीय संसदका सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतका उपस्थिती थियो।बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविर विक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा सामान हस्तान्तरण गरेका थिए।