ग्लोबल आइएमई बैंकको भारतका दुई अस्पतालसँग स्वास्थ्य सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

बिजमाण्डू
२०७५ फागुन २९ गते १७:१९ | Mar 13, 2019


काठमाडौं। ग्लोबल आइएमई बैंकले भारतका दुई अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले दिल्लीस्थित डा बिएल कपुर मेमोरियल हस्पिटल तथा मुम्बईस्थित रेडियन्ट  लाइफ केयर अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरेको हो।

बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा  उपचार सेवा लिँदा बिभिन्न छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राणा तथा रेडियन्ट लाइफ केयरका ब्यवसाय संचालन प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे।

यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा ५० प्रतिशतसम्म बिशेष छुट पाउने गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।