जनसेवी लघुवित्तले चार करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने, क्रेडिट रेटिङ चार

बिजमाण्डू
२०७५ पुष २८ गते १२:५४ | Jan 12, 2019
जनसेवी लघुवित्तले चार करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने, क्रेडिट रेटिङ चार

काठमाडौं। जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

Tata
GBIME
Nepal Life

संस्थाले ४ लाख २० हजार कित्ता प्राथमिक शेयर निष्काशनको तयारी गरेको हो। प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १४ करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक शेयर पूँजी ९ करोड ८० लाख रुपैयाँ रहेको छ। १० जिल्लामा कार्यक्षेत्र रहेको संस्थाको हाल २१ वटा शाखा कार्यालय रहेको छ। 

प्राथमिक शेयर निष्काशनको लागि गरेको क्रेडिट रेटिङ अनुसार संस्थाले 'इक्रा एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। इक्रा नेपालका अनुसार यो रेटिङले संस्थाको वित्तीय अवस्था तथा भोलिका दिनमा दिने प्रतिफल मध्यम किसिमको जोखिमको रहेको संकेत गर्दछ। 

संस्थाले आइपिओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्ती गरेको छ।