योयोसोको नयाँ शाखा काठमाडौंको मैतिदेवीमा विस्तार, ५ वर्षभित्र ३० स्टोर संचालनमा ल्याउने





काठमाडौं। योयोसोको नयाँ शाखा काठमाडौंको मैतीदेवीमा विस्तार भएको छ। कम्पनीले चाँडै नै बालाजुमा पनि यसको शाखा विस्तारको योजना बनाएको छ।

योयोसा स्टोरमा १ सय २५ देखि ३ हजार रुपैयाँसम्ममा सामाग्रीहरु पाइने जनाएको छ। सात किसिमका सेगमेन्टमा ५ हजारभन्दा बढी सामाग्रीहरु राखिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
TATA
SANIMA new
Jagdamba Steel


कम्पनीले केही समयभित्रै दरबारमार्ग र न्यूरोडमा पनि शाखा बिस्तार गर्ने योजना सार्वजनिक गर्दै आगामी ५ वर्षमा ३० वटा स्टोर संचालन गर्ने जनाएको छ। 

योयोसा फेसन डिपार्टमेन्टल स्टोर हो जसमा कस्मेटिक्स, घरेलु सामाग्री, ब्याग, स्टेशनरी, डिजिटल सामान तथा अन्य सामाग्री रहेको बिज्ञप्तीमा जनाइएको छ।

यस ब्राण्ड अन्तर्गत पहिलोपटक सन् २०१८ को अगष्टमा सिटी सेन्टरमा शाखा खुलेको थियो। पुल्चोक र ललितपुरमा पनि हाल यसका शाखा संचालनमा छन्।



 

Share this Story

   

योयोसोको नयाँ शाखा काठमाडौंको मैतिदेवीमा विस्तार, ५ वर्षभित्र ३० स्टोर संचालनमा ल्याउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell