टाटाको एनआरजी नेपाल भित्र्याइँदै, डस्टर र इकोस्पोर्टसलाई टक्कर, ३० लाख तल मूल्य

बिजमाण्डू
२०७५ पुष २४ गते ०८:५३ | Jan 8, 2019
टाटाको एनआरजी नेपाल भित्र्याइँदै, डस्टर र इकोस्पोर्टसलाई टक्कर, ३० लाख तल मूल्य


काठमाडौं। टाटाको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले कम्प्याक्ट युटिलिटी भेहिकल अन्तर्गत एनआरजी नेपाली बजारमा ल्याउँदैछ। एनआरजी पेट्रोल भेरियन्टमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार पेट्रोल इन्जिनयुक्त एनआरजी १२ सय सिसीको हुने छ। पाँच गियर सम्मको म्यानुअल ट्रान्समिसनयुक्त एइनआरजीले भेरियन्ट अनुसार प्रति लिटर २४ किलोमिटर माइलेज दिन सक्ने टाटाको दावी छ। 

पाँच सिट भएको गाडीको लम्बाई ३७ सय ९३ मिलिमीटर रहेको छ भने चौढाइ १६ सय ६५ मिलिमिटर छ। गाडीको व्हिलबेस २४ सय मिलिमिटर रहेको कम्पनीले जनाएको छ।

३५ लिटर फ्युल ट्याङ्कयुक्त गाडीमा ३५ सय आरपिएम (रिभोलुसन परमिनेट) मा एक सय १४ न्युटन मिटर टर्क क्षमता रहेको छ। गाडीको कार्गो भोलुम दुई सय ४२ लिटर रहेको छ। कम्पनीका अनुसार गाडीमा तीन वटा सिलिण्डर जडान गरिएको छ। छ हजार आरपिएममा ८४ ब्रेक हर्सपावर रहेको गाडीको कर्ववेट एक हजार १७ किलोग्राम रहेको छ। 

गाडीमा मल्टीफङसन स्टेरिङ व्हिल, टच स्क्रिन, अगाडि भागमा फग लाइट ,पावर विन्डो, चालक र यात्रुको सुरक्षाका लागि एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, एयर कन्डिसन लगायतका सुविधा जडान गरिएको छ।   
     

                                                                                                        
एनआरजीले नेपालमा गुड्दै आएका इकोस्पोर्ट, फ्रिस्टाइल, डस्टर लगायतका गाडीसँग प्रतिस्पर्धा गर्नेछ। कम्पनी स्रोतका अनुसार गाडीको नेपाली बजार मूल्य ३० लाखभन्दा कम रहको छ।