नेपाली बजारमा चिनियाँ स्मार्ट फोन अनरको प्रवेश, एकै पटक चार मोडल बजारमा ल्यायो

बिजमाण्डू
२०७५ पुष १९ गते १८:१५ | Jan 3, 2019
नेपाली बजारमा चिनियाँ स्मार्ट फोन अनरको प्रवेश, एकै पटक चार मोडल बजारमा ल्यायो

काठमाडौं। चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहब्राण्ड अनरले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री सुरु गरेको घोषणा गरेको छ। क्रातोस टेक्नोलोजी प्रालि अनरलाई नेपाली बजारमा प्रवेश गराउने आधिकारिक वितरक हो।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु भित्र्याएको छ। यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुन थालेको विज्ञप्तिमा उल्लेख छ। 

अनरले यसको मूल्य, डिजाइन र कार्य दक्षताबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेको जनाएको छ।