चीन जोड्ने सडकमा सरकारको ध्यान पुगेन, बजेट नहुँदा कतिपय ठेक्का पनि लागेन्, यस्तो छ प्रगति

बिजमाण्डू
२०७५ मंसिर २० गते ०९:५९ | Dec 6, 2018
चीन जोड्ने सडकमा सरकारको ध्यान पुगेन, बजेट नहुँदा कतिपय ठेक्का पनि लागेन्, यस्तो छ प्रगति


काठमाडौं।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा प्राथमिकतामा राखेर थालेको उत्तर दक्षिण जोड्ने तीन व्यापारिक मार्ग निर्माणले पछिल्लो समय गति लिएको छ।

Tata
GBIME
Nepal Life

उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाका इन्जिनियर केशव ओझाले पछिल्लो बर्षको प्रगति अघिल्ला बर्षहरुको तुलनामा गति लिएको जानकारी दिए।यो आर्थिक बर्षको पहिलो चौमासिकमा उलेख्य काम भएको दाबी गरेका छन्।तर राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा कालीगण्डकी,कोशी र कर्णाली करिडोर अघि बढेपनि पर्याप्त बजेट नहुँदा लक्ष्य अनुसार काम हुन सकेको छैन।आयोजनाका लागि पर्याप्त बजेट नहुँदा ठेक्का लगाउने काम नै बाँकी छ।त्यस्तै हिमाली क्षेत्रको कठिन भुगोल ,विष्फोटक पदार्थ अभाव लगायतका कारण निर्माणले लक्ष्य भेटाउन नसकेको हो।पछिल्लो समय विष्फोटक पदार्थ पाएपछि सडक निर्माणले गति लिएको आयोजनाको भनार्इ छ।

उत्तर दक्षिण जोड्ने कोशी करिडोरको २८ किमी ट्रयाक खोल्न बाँकी रहेको छ। दक्षिण नाकालार्इ उत्तरी नाकासँग जोडिने यो सडकको दुर्इ बर्ष अघि नै ट्रयाक खोल्ने लक्ष्य राखिएको थियो।करिडोरले दक्षिणमा मोरङको रानीदेखि उत्तरमा संखुवासभाको किमाथांकासम्म पुग्छ। ओझाका अनुसार कडा चट्टान भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ ।विष्फोटक पदार्थ नपाउँदा काम गर्न सकिएको छैन्।आवश्यक सबै विष्फोटक पदार्थ पाए यो बर्ष ट्रयाक पूरा हुने उनले बताए। त्रिदेशीय व्यापारिक महत्वको यो सडक करिव ३ सय ५५ किमी छ।

संखुवासभाको सदरमुकाम खाँदबारीसम्म दुर्इलेनको पक्की सडक रहेको छ।खाँदबारीबाट १ सय ६२ किमीमा चिनियाँ नाका पुगिन्छ।यहि खण्डमा अहिले काम भैरहेको छ।जसको ३२ किमी ट्रयाक खोल्न बाँकी छ।यो खण्डमा निर्माण गर्न आवश्यक १० वटा पुलको डिजाइन सकेर निर्माणको फेजमा रहेको छ। ०६५/६६ बाट निर्माण थालिएको कोशी करिडोर ७७/७८ मा सक्ने लक्ष्य राखिएको छ।सबै खण्डको टेण्डर नभएकाले ट्रयाक मात्रै खुल्छ।कल्भर्ट बनाउने र ग्राभेल बनाउन सकिदैन् ओझाले जानकारी दिए।

 चीन जोड्ने अर्को राष्ट्रिय प्राथमिकताका साथ अघि बढाएको कर्णाली करिडोरको पनि ट्रयाक खोल्ने काम बाँकी छ। उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाका  अनुसार ५ किमी ट्रयाक खोल्ने काम बाकी रहेको छ।गत बर्ष २ किमी मात्रै ट्रयाक खोल्ने काम भएको छ।हुम्लाको सदरमुकाम सिमिकोटबाट ९५ किमीमा हिल्सा पर्छ।यहि खण्डको ट्रयाक खोल्न बाँकी छ। यो ट्रयाक खोल्ने लक्ष्य मात्र राखेर काम अघि बढार्इएको हो।जसको ग्राभेल गर्ने र कालोपत्रे गर्ने निर्णय समेत भएको छैन्।यो दक्षिणमा नेपालगंज जोडिन्छ भने उत्तरमा हिल्सा पुग्छ।यो चौमासिकमा २८ प्रतिशत भौतिक प्रगति रहेको छ।

कालीगण्डकी करिडोरको ट्रयाक खुलिसकेको छ। यो करिडोरले गैडाकोटदेखि बेनीजोमसोम हुँदै कोरला जोड्छ। बेनीदेखि जोमसोम १ सय ९० किमी खण्ड आगामी एक बर्षमा सक्ने कालोपत्रे सक्ने लक्ष्य राखिएको छ। बेनीदेखि जोमसोम सय किमी डबल लेनमा कालोपत्रे गर्ने र जोमसोम कोरला दुर्इलेनको बनाउन लागिएको हो । कोरलाबाट चीनको राष्ट्रिय राजमार्ग ५० किमी दूरीमा पर्छ।यो चौमासिकमा ६२ प्रतिशत भौतिक प्रगति छ।