२०७६ असारबाट राष्ट्रिय परिचयपत्र, कागजी युगको अन्त्य, सबै आर्थिक विवरण ‘रियल टाइम’ मा

बिजमाण्डू
२०७५ कात्तिक १० गते १०:५२ | Oct 27, 2018
२०७६ असारबाट राष्ट्रिय परिचयपत्र, कागजी युगको अन्त्य, सबै आर्थिक विवरण ‘रियल टाइम’ मा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी असारभित्र राष्ट्रिय परिचयपत्र तयार पारेर कार्यान्वयमा ल्याइसक्ने बताएका छन्। नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले राष्ट्रिय परिचयपत्रमार्फत भुक्तानी सेवालगायत सबैको विवरण राख्ने काम हुने बताए।

Tata
GBIME
Nepal Life

उनले यसबाट सबैको परिचय खुल्ने र कागजपत्र आवश्यक नपर्ने बताए। साथै रियलटाइम कारोबारका लागि केही प्राविधिक काम सकेपछि उसको आर्थिक कारोबारको विवरण पनि यसैमा देखिने उल्लेख गरे।

अर्थमन्त्री खतिवडाले इकमर्सको माध्यमबाट कारोबार खर्च घटाउनु पर्ने बताउँदै इकमर्सका लागि नियमावली बनाउने काम सुरु भइसकेको बताए।

उनले यसका लागि समिति एक/दुई दिनमा बन्ने बताउँदै समितिले पुरानो मस्यौदालाई थप परिमार्जन गर्ने जानकारी दिए। इकमर्सले सरकार र सर्वासधारण सबालई मात्र फाइदा हुने भन्दै उनले यसका लागि आवश्यक काम चाँडो सक्न राष्ट्र बैंकका निर्देशन समेत दिए। 

मन्त्री खतिवडाले एनसिएचएलले क्लियरिङमा सरकारलाई चुनौती दिएको बताउँदै यस्ता क्षेत्रबाट सरकार बिस्तारै बाहिरिने  पनि बताए। 'एनसिएचएल बल्ल बल्ल यो ठाउँमा आइपुगेको छ। यसको कामले अब सरकार चाहिँदैन भन्ने देखाइदिएको छ,' उनले भने, 'अब क्लियरिङका लागि सार्वजनिक क्षेत्र आवश्यक पनि छैन। हिजोको दिनमा आवश्यक थियो। निजी क्षेत्र आएपछि सरकार त्यसमा झुन्डिएर बस्दैन।'