काठमाडौं। चालु आर्थिक वर्ष लागेसँगै शेयर बजारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकपछि माइक्रोफाइनान्समा देखिएको छ।
विगत तीन महिनामा सबैभन्दा धेरै वाणिज्य बैंकहरुको शेयर कारोबार भएको छ भने दोस्रोमा माइक्रोफाइनान्सको भएको छ। दोस्रो बजारमा भएको कारोबार रकमको आधारमा यस्तो देखिएको हो।
समूहगत कारोबारमा भएको शेयर खरिद बिक्रीको आधारमा गत साउनमा वाणिज्य बैंकको हिस्सा ४४.१८ प्रतिशत थियो भने माइक्रोफाइनान्सको १४.९८ प्रतिशत थियो। तर भदौमा सबैभन्दा धेरै माइक्रोफाइनान्सको ५३.३९ प्रतिशत कारोबार भयो।
असोजमा भने वाणिज्य बैंकहरुकै शेयर अगाडि देखिएका छन्। असोजभरिमा वाणिज्य बैंकहरुको ४३ प्रतिशत कारोबार भयो भने माइक्रोफाइनान्सको हिस्सा ३१.९१ प्रतिशतमा झर्यो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)को तथ्याङ्क अनुसार दोस्रो बजारमा सूचीकृत शेयर कित्ताको आधारमा वाणिज्य बैंकको हिस्सा करिब ५९ प्रतिशत रहेको छ। माइक्रोफानान्सको २.६३ प्रतिशत मात्रै रहेको छ।
दोस्रो बजारमा थोरै मात्रै शेयर भएपनि माइक्रोफाइनान्सको बजार मूल्य वाणिज्य बैंकहरुको भन्दा धेरै भएकोले कारोबार रकम बढी देखिएको हो।
नेप्सेले सूचीकृत कम्पनीहरूलाई ११ समूहमा विभाजन गरेको छ। गत साउनदेखि असोज मसान्तसम्मको कारोबारमा लघुबित्त र माइक्रोफाइनान्सकै बढी कारोबार हुने गरेको तथ्याङ्कले देखाएको छ।
गत तीन महिनामा भएको कारोबार रकमको आधारमा तेस्रो स्थानमा निर्जीवन बीमा कम्पनी रहेका छन् भने चौथोमा विकास बैंकका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।
गएको तीन महिनाको कारोबारमा लगानीकर्ताले बीमा समूहको शेयरमा खासै चासो दिएको देखिँदैन। समग्र कारोबार रकममा उनीहरूको हिस्सा घट्दै गएको तथ्याङ्कमा देखिन्छ।
बीमा समूहको कारोबारमा पनि लगानीकर्ताले निर्जीवन समूहका शेयरलाई प्राथमिकता दिने गरेको देखिएको छ। जीवन बीमा समूहको कारोबार रकम कम देखिन्छ।
कारोबार रकमकै आधारमा अन्य समूह, फाइनान्स, होटेल, उत्पादनमूलक र ट्रेडिङ समूहका शेयरमा लगानीकर्ताको आकर्षण न्यून देखिन्छ।
सम्पूर्ण कारोबारमा यिनीहरूको हिस्सा १.६९ प्रतिशत देखि ०.०५ प्रतिशत मात्रै छ।
दोस्रो बजारमा यिनीहरूको शेयर संख्या र शेयर मूल्य कम भएकोले पनि यी शेयरमा लगानीकर्ताको आकर्षण कम देखिएको हो।
समूह |
साउन |
हिस्सा |
भदौ |
हिस्सा |
असोज |
जम्मा |
हिस्सा |
बाणिज्य बैंक |
2,061,423,200 |
44.18 |
4261232100 |
31.16 |
5545268000 |
11867923300 |
43.30 |
लघुबित्त |
698886700 |
14.98 |
7302443000 |
53.39 |
745768900 |
8747098600 |
31.91 |
निर्जीबन बीमा |
513750070 |
11.01 |
545510200 |
3.99 |
666950700 |
1726210970 |
6.30 |
विकास बैंक |
351926560 |
7.54 |
506467060 |
3.70 |
540248780 |
1398642400 |
5.10 |
जीवन बीमा |
396753870 |
8.50 |
525148500 |
3.84 |
429927370 |
1351829740 |
4.93 |
जलबिद्युत |
300371780 |
6.44 |
244222690 |
1.79 |
646820200 |
1191414670 |
4.35 |
अन्य |
172568010 |
3.70 |
134607610 |
0.98 |
156675230 |
463850850 |
1.69 |
फाइनान्स |
91140831 |
1.95 |
67783393 |
0.50 |
138625324 |
297549548 |
1.09 |
होटल |
48,237,961 |
1.03 |
46633947 |
0.34 |
128001995 |
222873903 |
0.81 |
उत्पादन मूलक |
29517655 |
0.63 |
42525320 |
0.31 |
58692900 |
130735875 |
0.48 |
ट्रेडिङ |
1585837 |
0.03 |
656425 |
0.00 |
10947964 |
13190226 |
0.05 |
जम्मा कारोबार |
4,666,162,474 |
100 |
13677230245 |
100.00 |
9067927363 |
27411320082 |
100 |