वर्षाले एघारवटा आन्तरिक गन्तब्यमा उडान ठप्प, ट्रंक रुटमा भने उडान नियमित

बिजमाण्डू
२०७५ असार २८ गते १०:५९ | Jul 12, 2018

काठमाडौं। वर्षातका कारण वुधबारबाट एघार वटा आन्तरिक गन्तब्यमा उडान ठप्प भएको छ।

Tata
GBIME
Nepal Life

वुधबार देखिको अबिरल वर्षातका कारण लुक्ला, रामेछाप, खानीडाँडा, ताप्लेजुङ, रुकुम सल्ले, जोमसोम, सिमिकोट, जुम्ला, रारा,डोल्पा, वाग्लुङ लगायतका एघार गन्तब्यमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

'मौसमकै कारणले एघरवटा गन्तब्यमा उडान भएको छैन। स्टोल रुटमा उडान ठप्प भएपनि ट्रंक रुटमा भने उडान नियमित रहेको छ।' उनले भने।उडान ठप्प भएका स्टोल रुट(विकट क्षेत्र)मा नेपाल वायुसेवा निगम ,समिट एयर, तारा एयर, सीता एयर लगायतका एयरलाइन्स कम्पनीले उडान भर्दै आएको छ।