काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स र हार्टबिट फाउण्डेसनबीच सडक बालबालिकाको हकहितका लागि काम गर्ने विषयमा साझेदारी भएको छ।
हार्टबिट फाउन्डेसनले सडक बालबालिकालाई लागू पदार्थको दुर्व्यसनबाट बचाउँदै एक सामान्य जीवन जिउन अभिप्रेरित गर्दै आएको छ।
हार्टबिट फाउण्डेसनलाई थप सहयोग स्वरुप ज्योति लाईफले असार २१ उनीहरुको आफैले कोरेका तस्बिरहरु भएको क्यालेण्डरका साथै टेबल, मेच पनि प्रदान गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले 'सँधैं तपाईंको साथ' आर्ट क्याम्पमार्फत् सहयोग उपलब्ध गराएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीतमा उल्लेख छ।