काठमाडौं । फिटराइट र बाटा जुत्ता/चप्पलको ग्राण्ड सेल मेलाको अवधि ६ दिन थपिएको छ । चैत ६ गतेबाट सुरु भएको मेला आइतबार सकिने भए पनि ग्राहकको आग्रहमा ६ दिन थप गरिएको आयोजकले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा नयाँ वर्षको अवसरमा ७० प्रतिशतसम्म छुट दिइएको आयोजकले जनाएको छ । मेलामा महिला,पुरुष र बालबालिकाका लागि आवश्यक जुत्ता तथा चप्पलको ब्यापार भइरहेको आयोजकले जनाएको छ ।