सामसङ्ग मोवाइलको एसएसली सुपरस्टार अफर, १५ प्रतिशत छुट, डिष्टिङ्कशन ल्याए थप छुट

बिजमाण्डू
२०६९ चैत्र २७ गते ००:०० | Apr 9, 2013
सामसङ्ग मोवाइलको एसएसली सुपरस्टार अफर, १५ प्रतिशत छुट, डिष्टिङ्कशन ल्याए थप छुट


काठमाडौं । सामसङ्ग मोबाइलका लागि नेपालको आधिकारीक वितरक इन्टरनेशनल मार्केटिङ्ग सर्भिस प्रा.लि (आइ एम एस)ले एस.एल.सी सुपरस्टार अफर अघि सारेको छ । यो योजनाको लाभ यस वर्षको आसीटि एक्स्पोमा विषेश गरि यस बर्ष एसएलसी परिक्षा दिएका विधार्थीले पाउनेछन् । यस अफर मार्फत विधार्थीहरुले आ.सी.टि एक्स्पो २०१३ मा कुनै पनि सामसङ्ग वाई लाइट डुवर्स, च्याम्प नियो डुवर्स र स्टार थ्री डुवर्स खरिद गर्दा फ्ल्याट् १५ प्रतिशत फ्लायट छुट पाउनेछन् । यसका लागि  विधार्थीले आफ्नो प्रवेश पत्र र परिचय पत्र पेश गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
परिक्षाको नतिजा आईसके पछि, डिटिङ्गसनमा र प्रथम श्रेणीमा उत्तिर्ण हुने विधार्थीहरुले थप १० प्रतिशत र पाँच प्रतिशत छुट् पाउने पनि कम्पनीले जानकारी दिएको छ । यसका लागि विधार्थीहरुले आइएमएसमा आफ्नो मार्कशिट, आसीटि एक्स्पोमा पैसा तिरेको रसिद र परिचय पत्र पेश गर्नु पर्नेछ । यो योजना आसीटि एक्स्पो २०१३ मा मात्र लागू हुने पनि कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life