काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङले महिला लगानीकर्तालाई लक्षित गर्दै पहिलो वर्ष लाग्ने वार्षिक शुल्कमा पूर्ण छुट दिएको छ।
कम्पनीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सेयर बजारमा महिलाको लगानी प्रोत्साहन गर्न यो छुट दिएको जनाएको छ। यो योजना मार्च महिनासम्म कार्यान्वयनमा आउनेछ।
सेयर बजारमा लगानी गर्ने चाहना भएको तर बजारको बारेमा ज्ञान नभएका महिला लगानीकर्ताले समेत यो सुविधा पाउने कम्पनीले जनाएको छ।