काठमाडौं । साताको सुरुवातमा दुई दिन घटेर पुनः बढ्न थालेको सुनको मूल्य फेरि ५ सय रूपैयाँ महंगिएको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार ४ सय रुपैयाँले बढ्दा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य क्रमिक उकालो लागेको छ।
बुधबार चाँदीमा पनि सामान्य वृद्धि छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ बढ्दा बुधबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ भएको छ। यसअघि पनि अघिल्लो दिनभन्दा १५ रूपैयाँ बढ्दा मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबारदेखि बढोत्तरी भएको रेकर्ड छ। बुधबार बिहान सुन प्रतिऔंस १८४९.९५ डलर चाँदी २५.४७ डलरमा कारोबार भएको छ।